दाङमा बस दुर्घटना हुँदा ३० जना घाइते

दाङको तुलसीपुर १३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दाङ दंगीशरण गाँउपालिका गोल्टाकुरीबाट तुलसीपुर आउँदै गरेको ना४ख ४००१ नम्बरको यात्रु वाहक बस र तुलसीपुर १३ बखरीयामा ब्रेकफेल भई दुर्घटना भएको हो ।

घाइते सबैलाई उपचारका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुर पठाइएको छ । दुघर्टनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।