सर्लाहीमा ट्रकमा करेन्ट लागेर सहचालकको ज्यान गयो

सर्लाहीको लालबन्दी नगरपालिका–१ मा ट्रकमा करेन्ट लागेर सहचालकको ज्यान गएको छ । अरू दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार धानको भुस लिन गएको ना ६ ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहटकाे वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको ज्यान गएको हो ।

११ हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका पासवानको हरिवनको नमूना अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै घाइते भएका २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवानकाे उपचार भइरहेको छ ।