काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले लिभरपुललाई २–१ गोलले हरायो । यो जीतसँगै युनाइटेड आठ खेलमा १३ अङ्कसहित नवौं स्थानमा छ । समान खेलमा लिभरपुल १५ अङ्कसहित चाैंथो स्थानमा छ ।
यस्तै अर्को खेलमा एस्टन भिल्लाले टोटनहमलाई २–१ गोलले हरायो । यो जीतसँगै एस्टन भिल्ला आठ खेलमा १२ अङ्कसहित ११औं स्थानमा छ । समान खेलमा १४ अङ्कसहित टोटनहम छैटौं स्थानमा छ ।
