प्रतिनिधिसभा सदस्य चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पार्दै छ। यसको लागि दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर बन्द सूची पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ। आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ ।
यस्तै, समानुपातिकतर्फ दर्ता राजनीतिक दलहरूलाई आज (पुस ८ गते) देखि उम्मेदवार छनोटका विषयमा प्रशिक्षण दिने भएको छ।
विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दल र नयाँ दर्ता भएका सबै दलले समानुपातिक सूची तय गर्न आवश्यक राजनीतिक छलफल तथा तयारी गरिरहेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको चुनावका लागि ९३ दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन् । दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर यही पुस १३ र १४ गते उम्मेदवारको बन्द सूची पेश गर्ने समयसीमा तोकिएको छ ।
