वीरगंज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् एक अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो । जबकि गत आवको पाँच महिनामा भने ६९ अर्ब १५ करोड रुपैयाँ मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो ।
चालु आवको पाँच महिनामा वीरगंज हुँदै ३५ अर्ब ३१ करोड रुपैयाँ मूल्यको डिजेलको आयात भयो । आयातमा भएको यो वृद्धिसँगै वीरगञ्ज नाकाबाट सङ्कलन हुने समग्र राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा महत्वपूर्ण देखिएको हो ।
