काठमाडौँ- भारत र श्रीलंकामा हुने आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी टुर नेपालमा आगामी साता हुने भएको छ।
आगामी ५ देखि ७ फेब्रुअरीमा नेपालमा ट्रफी टुरको आयोजना हुने क्यानले जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी तय भएपछि जानकारी गराइने छ।
सोमबार देखी बुधबारसम्म विश्वकप ट्रफी नेपालमा रहने छ। अघिल्ला विश्वकपमा पनि विश्वकपको ट्रफी टुर नेपालमा आयोजना भएको थियो।
