गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन्

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए ।

उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।

उनको निधनले संगीत र चलचित्र क्षेत्रमा शोकको छायाँ लागेको छ। परिवार, कलाकार तथा प्रशंसकहरूले उनको योगदानलाई सम्झँदै श्रद्धाञ्जली दिइरहेका छन्।