चुनावी मैदानमा सुमन सायमी क्षेत्र नम्बर ८ बाट , निर्वाचन परिचालन समिति घोषणा हुदै

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपाको तर्फबाट काठमाडौँमा क्षेत्र नम्बर ८ बाट सुमन सायमी चुनावी मैदानमा उत्रेका छन्। नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारा रहेको छ।

प्रतिनिधिसभा निर्वाचनमा सुमन सायमीले काठमाडौं क्षेत्र नं. –८ बाट उम्मेदवारको रूपमा चुनाव लडेका थिए जसमा सुमनले ६,१७९ मत यस क्षेत्र बाट पाएका थिए । उनि सम्पदा अभियन्ता तथा युवा नेताका रुपमा स्थानीय पहिचान, संस्कृति र दिगो विकासको मुद्दालाई प्रमुख प्राथमिकतामा राख्दै सायमी चुनावी मैदानमा छन् ।

भोलि शनिबार नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता क. राजेन्द्र प्रशाद श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यमा “१३ वडा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रम हुने । यफ टेन पार्टी प्यालेसमा बिहान ८ बजे कालीमाटीमा हुने भएको छ।