काठमाण्डौं क्षेत्र नं ६ मा चुनावी माहोल तातिएको छ। नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेद्धवार कृष्ण सबुज बानियाँले घरदैलो अभियान सुरु गर्नुभएको छ।
अभियान फुतुंगबाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो। क्षेत्रीय सचिव उत्तम अधिकारीका अनुसार घरदैलो कार्यक्रममा उम्मेद्धवार बानियाँसहित पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै बानियाँले विकास, सुशासन र जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
