घरदैलोमा सुमन सायमीको भावनात्मक प्रतिबद्धता : “म तपाईंहरूको आवाज भएर उभिनेछु”

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर ८ मा चुनावी माहोल तातेको छ। तारा चिन्ह लिएर मैदानमा उत्रिएका उम्मेदवार सुमन सायमीले घरदैलो अभियानका क्रममा मतदातासँग भावनात्मक प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो भेटघाटका क्रममा स्थानीयवासीसँग संवाद गर्दै उनले भने, “घरदैलोका क्रममा मैले तपाईंहरूको माया मात्र होइन, आशीर्वाद पनि पाएको छु । भरोसा राख्नुहोस्, सदनको रोस्टममा उभिँदा म केवल एउटा प्रतिनिधि होइन, तपाईंहरूको आवाज भएर उभिनेछु ।”

सायमीले आफूलाई मतदाताको प्रतिनिधि मात्रै नभई उनीहरूको मुद्दा र आकांक्षाको संवाहकका रूपमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाए। स्थानीय समस्या, विकास निर्माण, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।

क्षेत्र नम्बर ८ मा तारा चिन्ह लिएर उम्मेदवार बनेका सुमन सायमीले घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। उनले आफ्नो उम्मेदवारी जनताको विश्वास र सहभागितामाथि आधारित रहेको बताए।