मंगलबार र बुधबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – मंगलबार र बुधबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि केही स्थानमा तुलनात्मक रूपमा ठूलो वर्षाको सम्भावना छ।

बिहीबारदेखि शनिबारसम्म भने सामान्यतया हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ। घटस्थापनादेखि मौसम क्रमशः खुल्दै जाने सम्भावना रहेको उनले बताए।

आज पनि वायुमण्डल अस्थिर रहने भएकाले केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित छोटो समयका लागि भारी वर्षा हुनसक्ने उनको भनाइ छ। धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ। वर्षाको यो क्रम लगभग हप्ताभरि नै जारी रहने देखिन्छ।