काठमाडौं महानगरपालिका २७ वडा कार्यालयले आआफ्नो क्षेत्रमा योगदान पुर्याउँदै वडाको गौरव बढाएको भन्दै २७ वडा भित्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ।
वडाध्यक्ष योगेश कुमार खड्गीको सभापतित्वमा भएको कार्यक्रममा मुख्य अथितिको रुपमा बागमति प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, विशेष अतिथिमा काठमाडौं महानगरका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष नविन को उपस्थिति थियो ।
उक्त कार्यक्रमको संयोजक वडाका महिला सदस्य सृष्टि कंसाकारले उपस्थित सबैलाई स्वागत गर्दै स्वागत मन्तब्य दिएका थिए ।
कार्यक्रममा वडाध्यक्ष योगेश कुमार खड्गीले दोसल्ला ओढाउँदै तथा मुख्यमन्त्री बहादुरसिंह लामाले सम्मान पत्र प्रदान गर्नु भएको थियो। यसै गरि सम्मानति व्यक्तित्वहरुलाई कार्यक्रममा विशेष अतिथी काठमाडौं महानगरपलिका प्रवक्ता नविन मानन्धरले पुुष्पगुच्छा दिएर सम्मान गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथी लामाले सम्मानित सबैलाई धन्यवाद दिँदै बागमति प्रदेशले भाषिक क्षेत्रमा एक महत्पूर्ण निर्णय गरेको उल्लेख गर्दै अहिले बागममति प्रदेशमा नेवाः र तामाङ भाषा कामकाजी भाषाको रुपमा लागु गरेको स्मरण समेत गरेका थिए । त्यसैगरी, विशेष अतिथि मानन्धरले पनि सम्मानित हुनेहरुलाई विशेष धन्यवाद दिँदै उज्जवल भविष्यको कामना गरे । साथै मुख्यमन्त्री लामालाई वडा अध्यक्ष खड्गीले मायाको चिनो समेत प्रदान गरेका थिए ।
२७ वडा मा जन्म भै सहसचिव ,व्यवसाय, पूर्व रक्षामन्त्री , पूर्व वडा अध्यक्ष, खेलकूद,शिक्षा र साहित्य क्षेत्रमा रहि राष्ट्र वडाको नाम उच्च राख्न्न सफल हुनु भएका सबैको योगदानको कदर गर्दै कार्यक्रममा सम्मान गरिएको जानकारी वडाध्यक्ष योगेश कुमार खड्गीले न्युज नेपालाई दिनु भयो। त्यस्तै उहाँले अग्रजको सम्मान गर्दै विगतका राम्रा र वडाको विकासको लागि हुने सबै कामलाई निरन्तरता दिने र सबैको सल्लाह सुझाव अनुसार सबैलाई समेटेर अघि बढ्ने बताउनु भयो।
सम्मानति हुने व्यक्तित्वहरुः
१) अमिरमान राजभण्डारी, विभागिय प्रमुख (सहसचिव)
२) निर्मल श्रेष्ठ (उद्योग क्षेत्रमा योगदान)
३) ज्ञानेन्द्र रत्न तुलाधार (उद्योग क्षेत्रमा योगदान)
४) भिमसेन दास प्रधान (पूर्व रक्षामन्त्री, राजनीति)
५) विजय नारायण मानन्धर( पूर्व वडा अध्यक्ष)
६) चिनिया मान बज्रचार्य ( पूर्व वडा अध्यक्ष)
७) त्रिरत्न मानन्धर ( महाननिर्देशक, हवाई विभाग)
८) नुर कुमार ताम्रकार (इन्जिनियर)
९) सुुर्यरत्न ताम्रकार (प्राधिकरण प्रबन्धक)
१०) रत्नतारा ताम्राकार ( नेपाल भाषा साहित्यकार)
११) सरोज राज कर्णिकार ( शहरी विकास मन्त्रालय)
१२) दिव्यतारा तुलाधर ( उद्यमी)
१३) लोचनतारा तुलाधर ( नेपाल भाषा साहित्यकार)
१४) किरण डंगोल ( इन्जिनियर)
१५) दिपक तुलाधर ( नेपाल भाषा प्रशिक्षक)
१६) भिमरत्न तुलाधर ( गायकार )
१७) रविन्द्र लाल प्रधान ( हाडजोर्नी चिकित्सक)
१८) डा. शैली प्रधान ( दन्त चिकित्सक)
१९) डा. विनय बैद्य ( चर्मरोग विशेषज्ञ)
२०) चंगेजलाल श्रेष्ठ ( फुटवल खेलाडी)
२१) अमृत महर्जन ( नेपाल एयरलायन्स, पाइलट)
२२) विपेन्द्र महर्जन ( बास्केटवल खेलाडी)
२३) दिव्या ताम्रकार ( नापाल भाषा साहित्यकार)
२४) रोतिका भण्डारी ( शिक्षा क्षेत्र)
२५) रेविका भण्डारी (शिक्षा क्षेत्र) लाई विशेष सम्मान गरिएको हो ।
