काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा कलाकारहरूले हस्ताक्षर गरेका छन्।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको पक्षमा ऐक्यबद्धता जनाउँदै कलाकारहरूले शुक्रबार हस्ताक्षर गरेका हुन्।
काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच कलाकारहरू किरण केसी, रमेश उप्रेती, अशोक शर्मा, खगेन्द्र लामिछानेलगायतले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका हुन्।
रास्वपाले लामिछानेप्रतिको राजनीतिक प्रतिशोधको विरुद्ध पार्टीको तेस्रो स्थापना दिवसबाट देशैभरी हस्ताक्षर अभियान चलाइरहेको छ।
