राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा केन्द्रीय पदाधिकारीहरु थपिएका छन् ।
३१ पदाधिकारी, ५ जना महासचिव ५ सहित ३१ सदस्यीय केन्द्रीय कार्यसमितिको पदाधिकारी नियुक्त गरिएको छ। गत सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय कार्यसमितिको टुंगो लगाएको थियो। जसमा कार्यसमितिको अध्यक्ष राजेन्द्र महतो छन् भने वरिष्ट उपाध्यक्ष सुमन सायमी रामनरेश राय यादव र कमलाकुमारी गुरूङ रहेका छन्।
सुमन सायमी उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्षमा एक दशकदेखि काठमाडौँका समस्यालाई नियाल्दै आएका अभियान्ता हुन् । सायमीले सांस्कृतिक सम्पदा संरक्षणमा आफ्नो आवाज निरन्तर उठाइ रहेका छन् । उनले काठमाडौँ भित्र हुने गरेका विभिन्न समस्यालाई मध्यनजर गरी कसरी आफ्नो परापुर्वकाल देखी चलिआएका तथा रहिआएका हरेक ठुला साना जात्रा पर्व, संस्कृति, परम्पराहरुलाई संरक्षण गर्ने भन्ने कुरालाई जोड दिएका छन् । एक दशकदेखि काठमाडौँको अस्तित्व बचाउने अभियन्ता सायमि सहरको व्यवस्थापनको लागी फोहोर व्यवस्थापनको सपना लिएका छन् ।
यस्तै, केन्द्रीय अनुशासन समितिको अध्यक्षमा संजयकुमार सिंह र केन्द्रीय निर्वाचन समितिको अध्यक्षमा अरूण कुमार सिंह र केन्द्रीय लेखा परिक्षण समितिको अध्यक्षमा राजेशकुमार यादवलाई नियुक्त गरिएको छ। त्यस्तै, केन्द्रीय विज्ञ समितिको अध्यक्षमा नहेन्द्र प्रधानलाई नियुक्त गरिएको पार्टीले जनाएको छ।
