सम्बन्ध र संवेदनाको दुई कथा : ‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक

दुई फरक सिर्जना ‘कति बस्छौं माइतीघर’ म्युजिक भिडियो र ‘आश्रम’ सर्ट फिल्म काठमाडौंको जय नेपाल हलमा आयोजित विशेष समारोहबीच सार्वजनिक भएका छन्। जसमा प्रेम, पारिवारिक सम्बन्ध, सामाजिक संवेदना र मानवीय भावनालाई कलामार्फत प्रस्तुत गर्न खोजेको देखिन सकिन छ।

निर्देशक रविन्द्र शाहीको निर्देशनमा तयार भएको ‘कति बस्छौं माइतीघर’ म्युजिक भिडियोमा गायक किशोर कुमार शाही र देवकुमारी खड्गीको सुमधुर स्वर रहेको छ। भिडियोमा श्रीतिका श्रेष्ठ र अभिषेक श्रेष्ठले भावनात्मक तथा प्रभावशाली अभिनय गरेका छन्।

गीतमा किशोर कुमार शाहीकै संगीत रहेको छ भने संगीत संयोजन सुमन कपालीले गरेका छन्। भिडियोको छायांकन तथा सम्पादन ओमप्रकाश अवस्थी ईश्वरले गरेका छन् भने नृत्य निर्देशन राजन शाहीको रहेको छ।

विशेष समारोहमा नेपाली चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, ज्येष्ठ विशिष्ट चलचित्रकर्मी मदनदास श्रेष्ठ, युगीन कलाकार तथा निर्देशक पवन जोशी, विशिष्ट अभिनेत्री शर्मिला मल्ल, नायक धीरेन शाक्य, विशिष्ट चलचित्र पत्रकार तथा निर्देशक विजय रत्न तुलाधर, विशिष्ट अभिनेत्री लक्ष्मी गिरी, विशिष्ट अभिनेत्री पल्पसा डंगोल तथा जय नेपाल हलका सञ्चालक गोपालकाजी कायस्थलगायत चलचित्र क्षेत्रका कलाकार, निर्देशक तथा कलाकर्मीहरूको उपस्थिति थियो।

सोही अवसरमा समाज र मानवीय जीवनका संवेदनशील पाटालाई केन्द्रमा राखिएको सर्ट फिल्म ‘आश्रम’ पनि सार्वजनिक गरिएको हो।

‘आश्रम’ मा विजय के.सी., निरु बुढा मगर, देवकुमारी खड्गी र सत्यदेवी थापाको अभिनय रहेको छ। त्यस्तै चाँदनी, शेरबहादुर डी.सी. र दीपक कपाली अतिथि कलाकारका रूपमा देखिएका छन् भने रुहान शाक्य र युवराज श्रेष्ठले बालकलाकारका रूपमा अभिनय गरेका छन्।

‘आश्रम’को कथा, सम्पादन तथा निर्देशन नरेन्द्रबहादुर धामीले गरेका हुन्। इन्द्र खड्गी निर्माता रहेको फिल्म देवकुमारी खड्गीको प्रस्तुतिमा निर्माण गरिएको हो।

सार्वजनिक कार्यक्रममा उपस्थित चलचित्रकर्मी तथा अतिथिहरूले सिर्जनाले मनोरञ्जनसँगै नेपाली समाजका संवेदनशील विषय, पारिवारिक सम्बन्ध र मानवीय भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए।

कला केवल मनोरञ्जनको माध्यम होइन, समाजको ऐना पनि हो। यही भावलाई आत्मसात् गर्दै निर्माण गरिएका ‘कति बस्छौं माइतीघर’ र आश्रम’ले दर्शकलाई मनोरञ्जनसँगै सोच्न, अनुभूति गर्न र आफ्नै जीवन तथा समाजका सम्बन्धहरूलाई नयाँ ढंगले हेर्न प्रेरित गर्ने विश्वास कार्यक्रमका अतिथिहरूले व्यक्त गरेका छन्।

दुई फरक विधाका यी सिर्जनाले प्रेमदेखि पारिवारिक सम्बन्धसम्म र व्यक्तिगत भावनादेखि सामाजिक संवेदनासम्मका विषयलाई समेटेकाले नेपाली कला क्षेत्रमा अर्थपूर्ण प्रस्तुति थपिएको सहभागीहरूको धारणा थियो।पुरानो भएको हूना ले