त्रिपुरेश्वर चोकमा रोकिराखेको बसमा आगलागी

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा रोकिरहेको एउटा बसमा आगलागी भएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागभन्दा अगाडि स्टपमा रहेको बसमा आगलागी भएको हो ।

ऋद्धिसिद्धि यातायातको गाडीमा लागेको आगोले बस पूरै जलेको छ। बसमा दनदनी आगो लागिरहे पनि अहिलेसम्म दमकल पुगेको छैन।

बसमा लागेको आगो टेलिफोन र इन्टरनेटको तारमासमेत फैलिएको छ।