काठमाण्डौ – पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् ।
राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
उनले क्याम्प छाड्नुको कारण भने अहिले सार्वजनिक नगर्ने र समय आएपछि पोर्चुगलका नागरिकलाई सवै सत्य बताउने उल्लेख गरेका छन् । रोनाल्डोले क्याम्प छाडेको घटना प्रशिक्षक जोर्जे जेसुससँगको असमझदारीको चर्चाबीच आएको हो ।
यसअघि नर्वेसँगको खेलमा रोनाल्डो बेन्चमा बसेपछि प्रशिक्षकसँग उहाँ असन्तुष्ट रहेको चर्चा भएको थियो । ओस्लोमा भएको यो खेलमा पोर्चुगल २–१ ले विजयी भए पनि रोनाल्डोले मैदान प्रवेश गरेका थिएनन् ।
