आज सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ सामान्य बढेको छ ।

आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी तोलामा १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।