बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेस्सी क्लबमा फर्कन चाहेको बताएका छन् ।
स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व खेलाडीलाई पुनः अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।
जसअनुसार सन् २०२१ देखि पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दै आएका मेस्सी पनि क्याम्प नोउ फर्कन आतुर भएको बताइएको छ ।
लेवान्डोस्कीले मेस्सीसँग अर्को सत्र बार्सिलोनामा खेल्ने आशा व्यक्त गरे । उनले भने “यदि उहाँ (मेस्सी) फर्कनुहुन्छ भने यो अचम्मको कुरा हुनेछैन । बार्सिलोना उहाँको स्थान हो । के हुन्छ मलाई थाहा छैन तर मलाई आशा छ अर्को सत्र हामी सँगै खेल्नेछौं ।”
