श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन

ललितपुर – ललितपुर लोंलमा रहेको श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालयको नवनिर्मित भवन, सत्यमोहन सभाहलको उद्घाटनसहित, वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीको प्रतिमा अनावरण भएको छ। शुक्रबा्र एक कार्यक्रमका बीच प्रमुख अतिथि बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारले  नवनिर्मित भवन तथा सभाहलको उद्घाटनसाथै प्रतिमाको अनावरण गर्नु भएको हो ।
कार्यक्रममा  विद्यालयको मुखपत्र श्री शान्ति सत्यमोहन विशेषांकको पनि विमोचन गरिएको हो।
समारोहमा प्रमुख अतिथि मन्त्री चित्रकारले आफ्नो टोलको ईतिहास बोकेको एक प्रतिष्ठित सामुदायिक विद्यालयको विकासको लागि केही योगदान गर्न सकेकोमा आफू गौरवान्वित भएको बताउनुभयो । साथै विद्यालयको लागि आफू सधै क्रियाशील रहने पनि बचनबद्धता ब्यक्त गर्दै यस वर्ष प्रदेश सरकारबाट विद्यालयको लागि रु २०लाख बिनियोजन गरेको पनि बताउनु भयो ।
वडा अध्यक्ष बाबुरत्न महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रध्यानापक हरिदेव यादवले विद्यालयको गतिविधि सहित स्वागत मन्तव्य राख्नुभएको थियो ।
विद्यालय सल्लाहकार समितिका अध्यक्ष, भवन निर्माण समितिका अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अजरमान जोशीले स्थापनाकालदेखि विद्यालयको ईतिहास र भौतिक पूर्वाधार निर्माण सम्बन्धमा प्रकाश पार्नुका साथै विद्यालयका संस्थापक वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गर्दै वहाँको चीर शान्तिको कामना गर्नुभयो ।
सो अवसरमा पूर्व प्रदेश सांसद माधव पौडेल, शिक्षा समन्वय अधिकारी राठौर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक सिध्दिबिक्रम शाह, राज दल गणका गणपति प्रमुख सेनानी केशर बुढाथोकी, शसस्त्र प्रहरी दक्षिणकाली गणका गणपति श प्र उ सुमन जंग थापा, पूर्व प्रदेश सांसद शोभा शाक्य,वांगमय शताब्दी पुरुषका जेष्ठ सुपुत्र अणुराज जोशी लगायतको उपस्थिति थियो ।