काठमाण्डौ – नेवार समुदायले आज सानो दशैको रुपमा लिइने चथा पर्व मनाउँदैछ । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन बेलुकी चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरेर चथा मनाउने गरिन्छ । त्यसैले आज चन्द्रमा हेर्यो भने मिथ्यामा चोरदोश लाग्छ भन्ने जनविश्वास छ ।
टोल टोलमा बेलुकी कुकुरले भुक्न थालेपछि कौसीको कुनामा लिपपोत गरेर कमलको पात विछ्याएर कमलको फूल, चथास्वाँ , अदुवाको विरुवा, आरुको बियाँ लगायत विभिन्न भुटेका गेडागुडी, समयबजी, लगायत चढाएर चन्द्रमालाई पूजा गरिन्छ । आजको दिन पानी पर्यो भने दशैमा पनि पानी पर्ने, आज राम्रो भयो भने दशै पनि राम्रो हुने जनविश्वास छ ।
आजका दिन गणेशको जन्म भएको विश्वासमा गणेश चौथी पनि मनाइन्छ । यसवर्ष तिथी घटबढका कारण चथा कसैले आज कसैले भोली मनाउन लागेका छन् ।
