रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ- रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको…

सिन्धुलीमा यात्रुसहितको कार सुनकोशीमा खस्यो

काठमाडौं । रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सुनकोशीमा यात्रुसहित कार खसेको छ । बसको ठक्करबाट मध्यपहाडी राजमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार फिक्कल-२ नवलपुर सिन्धुलीमा नदीमा खसेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए । कारमा ४ जना रहेको खबर…

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ- आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिइएको छ । जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू-भागका एक-दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई…

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्याे

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलामा एक हजार ८ सय रूपैयाँले घटेको सुनको मूल्य साेमबार प्रतितोला आठ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको…

मलेसियामा १६ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रतिबन्ध

एजेन्सी। मलेसियामा विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ जुएनको निर्मम हत्या गरेको अभियोगमा एक नाबालिग किशोरमाथि अदालतमा मुद्दा शुरु भएको छ। राजधानी क्वालालम्पुरको बाहिरी क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयको शौचालयमा गत अक्टोबरमा बहुचर्चित यो घटना घटेको थियो। घटनाका…

बाढी पहिरोले देशका विभिन्न सडकहरु अवरुद्ध

अविरल वर्षा र बाढीपहिरोका कारण केही सडकखण्ड अवरुद्ध भएका छन् । पहिरो खसेपछि काठमाण्डौ–हेटौंडा जोड्ने कान्ति लोकपथ र मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्ड आज बिहानदेखि बन्द भएका छन् । मनाङको नासो गाउँपालिका धारापानीमा हिजोको पहिरोले चामे–बेँसीसहर सडक खण्ड अवरुद्ध छ ।…

नारायण परिवार क्लबको ५१औँ वार्षिक उत्सव सम्पन्न, स्व. चक्रमान डंगोलको नाममा सभाकक्ष उद्घाटन

नारायण परिवार क्लबले गत शनिबार आफ्नो ५१औँ वार्षिक उत्सव विविध औपचारिक कार्यक्रमका साथ सम्पन्न गरेको छ। क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका–१२ का वडाध्यक्ष बालकृष्ण महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उक्त अवसरमा प्रमुख अतिथि महर्जनले…

झोछें सामुदायिक समाजको पाँचौं अधिवेशन तथा १३औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। झोछें सामुदायिक समाजको पाँचौं अधिवेशन तथा १३औँ वार्षिक साधारणसभा गत शनिबार काठमाडौं महानगरपालिका–२३ का वडा अध्यक्ष मचाराजा महर्जनको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष बिरेन्द्र बहादुर मल्लको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ समाजसेवी तथा पूर्व नेवा: देय् दबु अध्यक्ष…

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको कनकाई र दमक, कैलालीको टीकापुर, मोरङ, सुर्खेत तथा दाङका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । झापाको कनकाई नगरपालिका-…

इरान युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कीर्तिमानी नाफा कमाउँदै

अमेरिका र इरानबीचको ६ महिना लामो द्वन्द्वले विश्वव्यापी इन्धन आपूर्तिमा दबाव सिर्जना गरेको छ र ऊर्जाको मूल्य बढाएको छ । तैपनि अमेरिकाका ठूला तेल कम्पनीहरूका लागि भने यही अवरोध असाधारण आम्दानीको स्रोत बनेको ‘इन्डियन एक्सप्रेस’ ले लेखेको छ । यस…