उदाय् समाजको एक्काइसौं साधारण सभा सम्पन्न

काठमाडौं – उदाय् समाजको एक्काइसौं साधारण सभा चैत २४ गते शनिवारका दिनमा कसाः ख्यः दल्लु आवासमा भएको छ । उक्त कार्यक्रममा उदाय् गीत गाएर संचालन भएको उक्त कार्यक्रमको उदघाटन उदाय् समाजका अध्यक्ष डा. रुपज्योति कसाकारजुले पानसमा वत्ती बाली गर्नु भएको…

एनआरएनएको दुवै कार्यसमिति अमान्य ठहर

काठमाण्डौ – सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व  गरेका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हिजो केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई…

गर्मीयामसँगै डेङ्गीकाे जाेखिम बढ्न थाल्याे

काठमाण्डौ – गर्मीयाम शुरु भएसँगै डेङ्गीको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गीको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग…

खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली अजिमा जात्रा काठमाडौंमा

काठमाडौं-राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो माग गरेका हुन् ।…

सातौं विश्व नेवार दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू सम्मानित

ललितपुर – विभिन्न क्षेत्रमा विशेष योगदान गरेका विभिन्न व्यक्तित्वलाई सम्मान गरेर वर्ल्ड नेवाः अर्गनाइजेशनको नेपाल च्याप्टरले सातौ विश्व नेवार दिवस मनाएको छ। नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको सभाअध्यक्षता एवमं वरिष्ठ हांस्य कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार ललितपुरको पाटन…

आज सातौं विश्व नेवार दिवस विभिन्न कार्यक्रम गरेर मनाइदैं

काठमाण्डौ – वर्ल्ड नेवाः अर्गनाइजेशनको आव्हानमा हरेक मार्च महिनाको अन्तिम शनिबार विश्व नेवार दिवस मनाउने निर्णय अनुसार आज विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर सातौंं विश्व नेवार दिवस मनाउँदैछन् । नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको…

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ। वृद्धावस्थामा दाँत झर्दा समस्यामा रहेका ८४ जना वृद्धवृद्धाको ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम अन्तर्गत दाँत फेरिदिएको हो । बुढेशकालमा दाँत फेर्न पाउँदा खुसी लागेको स्थानीय ७३ वर्षीय वृद्ध टङ्कबहादुर भुजेलले बताउनु भयो।  गाउँपालिकामा निःशुल्क दाँत…

नेपाल भाषाका अभियन्ता एवमं साँखुका अग्रज राजदास श्रेष्ठको निधन

काठमाण्डौ –  नेपाल भाषाका अभियन्ता एवमं साँखुका अग्रज राजदास श्रेष्ठको निधन भएको छ। उहाँको ७४  वर्षको उमेरमा गएराती शुष्मा कोइराला अस्पतालमा निधन भएको साँखुका समाजसेवी विजय भाष्कर श्रेष्ठ एवमं प्रकाश मान सक्वले जानकारी दिनुभयो। शंखरापुर नगरपालिकाको नाम पुनस्थापन गर्नका लागि…

एसईई आजदेखि

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिंदैछन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ  । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आउँदो २७ गतेसम्म सञ्चालन हुने परीक्षामा…

क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराइने

काठमाण्डौ – बालबालिकामा हुने क्यान्सर विरुद्धको औषधीको पहुँचका लागि सम्झौता गरिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयमा मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको हो। सम्झौता…