शरणार्थी प्रकरण : थप एकजना पक्राउ, पक्राउ पर्नेको संख्या १७

काठमाडौं –नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न अर्की अभियुक्त पक्राउ परेकी छन् । अनुसन्धान अघि बढेदेखि फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। काठमाडौँ प्रहरी परिसरका एसपी सिताराम रिजालका अनुसार महर्जनलाई पक्राउ गरेपछि आजै जिल्ला अदालत काठमाडौँमा…

काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घट्यो

काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घटेको छ । डिजलको भाउ घटेको ९ दिनपछि बाग्मती प्रदेश सरकारले हिजोदेखि लागू हुने गरी गाडी भाडा घटाएको हो । काठमाण्डौ उपत्यकाभित्रको न्यूनतम भाडा एक रुपैयाँ घटेको छ । पहिले पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ…

नीति कार्यक्रममाथि प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं – प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ।  संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको बजेट अधिवेशनको १३औँ बैठक बस्न लागेको हो। बैठक ११ बजे सुरु हुनेछ। आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथि सांसदहरूले उठाएका प्रश्नको…

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध ५ वटा कसुरमा मुद्दा दायर(अभियोगपत्रको पूर्णपाठ)

काठमाडौं –  जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध आज बुधवार मुद्दा दायर गरेको छ । उनीहरूलाई ठगी, किर्ते, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको…

बझाङमा भूकम्प

बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो…

नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको कार्यालयमा बुझाइयो अनुसन्धान प्रतिवेदन

काठमाडौं –प्रहरीले नक्कली भुटानी  शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौँले झण्डै दुई महिना लामो अनुसन्धानपछि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहितका ३२ जनालाई…

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार (कार्य विभाजनसहित)

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधाननको धारा १६८ को उपधारा (९) बमोजिम ६ जना मन्त्री नियुक्त गरेसँगै बागमतीको १२ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । जसअनुसार बहादुर…

दुवै खुट्टा गुमाएका हरिबहादुर बुढा मगर सगरमाथाको चुचुरोमा

घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गर्नुभएको छ । मगरले कृत्रिम खुट्टाको सहयोगमा हिजो दिउँसो सगरमाथा आरोहण गर्नुभएको पर्यटन विभागले जनाएको छ । सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगरले अफगानिस्तानको लडाइँमा सन् २०१० मा…

सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

काठमाडौं –  सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बाेधन गर्दै सरकारको आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । देशको अर्थतन्त्र सुधारलाई केन्द्रमा…

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं –   सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। दिउँसो चार बजे सङ्घीय संसद्को बैठक बोलाइएको छ । बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन…