बागलुङमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

बागलुङ – बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो। केहीबेर अघि ३ जनाको शव निकालिएको हो।