सुमन सायमि गौशालाबाट प्रहरी नियन्त्रणमा

काठमाडौंको गौशाला क्षेत्रबाट सुमन सामयि ,रबिन्द्र श्रेष्ठ ,दिपिन पन्तसहितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार महानगर प्रहरीको टोली डोजर लगाएर गौशाला पुगेको थियो । सडक विस्तारका क्रममा सायमि बिचल्लीमा परेकाहरूको आवाज उठान…

उपत्यकामा आज सकिमिला पुन्ही ,गेडागुडीबाट देवताका कलात्मक आकृति

काठमाण्डौ – आज कार्तिक शुक्ल पूर्णिमा, नेपाल संवतको पहिलो पूर्णिमा, नेवा: समुदायले भुटेको नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक आकृति बनाएर प्रदर्शन गरेर सकिमिला पुन्हि मनाउने चलन छ । भुटेको गहुँ, भटमास, मकै, धानको लाभा, बदाम, केराउ,…

स्वर्गीय तुलाधरको १३ औँ दिनको पुण्य तिथिमा श्रदान्जली सभा

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिद्वारा सामाजिक तथा सांस्कृतिक अधिकारकर्मी स्वर्गीय अनिल तुलाधरज्युको १३ दिनको पुण्य तिथिको अवसरमा शोकसभा सम्पन्न गरेको छ । स्वर्गीय तुलाधरको कार्तिक १७ गते ४४ वर्षको उमेरमा असामयीक निधन भएको थियो । राष्ट्रिय पहिचानको संयोजक गणपतीलाल…

पाटनको कातीप्याखँ र कातीप्याखँका कथाहरु विमोचित

ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपालभाषा र नेपाली भाषामा प्रकाशित कार्तिक नाच सम्बन्धित बाल पुस्तक विमोचन गर्नुभएको छ । आफू स्वयमं आमा भएको र आफ्नो बच्चालाई सुत्नेबेला कथा सुनाउने गरेको अनुभव बताउनुहुँदै उहाँले यस पुस्तकको ठुलो महत्व रहेको बताउनुभयो…

मन्त्रिपरिषद् पुर्नगठन गर्दै ओली

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको चार महिना पुग्न लाग्दा मन्त्रिपरिषद् हेरफेरको तयारी सुरु भएको छ। आफ्नो आशन्न चीन भ्रमण अगावै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली रहेको निकटस्थ स्रोतले जानकारी दियो । स्रोतले मन्त्रिपरिषद् हेरफेर गरेर केही नयाँलाई भित्र्याउने…

सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० सय रुपैयाँले घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला सुन १ लाख ६२ हजार ६००…

अमेरिकाको न्युयोर्कमा न्हू दँया भिंतुना र्यालीको आयोजना

नेपाल सम्वतको नयाँ वर्ष ११४५ को उपलक्ष्यमा नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कको संयुक्त आयोजनामा न्हू दँया भिंतुना र्यालीको आयोजना गरिएको छ । अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको डाइभर्सिटी प्लाजामा गएको नोभेम्बर २ तारिख शनिवारका दिन र्यालीको आयोजना गरिएको हो ।…

आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइँदै

आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीको दिन भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गरी यो पर्व मनाइँने गरिन्छ। भक्तजनहरूले तुलसीको पूजा गर्दै भगवान विष्णुको विशेष आराधना गर्छन् र यसलाई विशेष पुण्य प्राप्त हुने दिनका रूपमा…

१२ बजेसम्म बिजुली जोड्न सरकारको निर्देशन नेपाल विद्युत् प्राधिकरणलाई

काठमाडौं । सरकारले उद्योगहरूमा काटिएको विद्युत सोमबार मध्याह्न १२ बजेसम्म जोड्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई लाइन जोड्न निर्देशन दिएको हो । उद्योगमा विद्युत आपूर्ति बन्द हुदाँ उत्पादन घट्न गएको, राजस्व संकलनका…

आज ‘शंखधर दिवस’ मनाइँदै

नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदैछ । नेपाल सरकारले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई ‘शंखधर साख्वाः दिवस’ का रूपमा मनाउने गरिन्छ । तत्कालीन नेपालका गरिब जनतालाई ऋण मुक्त गरी नयाँ…