नेपालाभाषा गायन क्षेत्रको पहिलो सांगीतिक रियालिटी शो नेवा:आईडल दोस्रो संस्करण अन्तर्गत शनिवार ठमेलको नेपा सा जिए ए हलमा सम्पन्न फाईनालमा आश्रय रञ्जित दोस्रो नेवा: आईडल घोषित भएका छन् । विजेता रंजितले ट्रोफी, प्रमाण-पत्र संगै नगद एक लाख पचीस हजार संगै विविध गिफ्ट ह्याम्परहरु पनि प्राप्त गरे । त्यस्तै दोश्रो स्थान प्राप्त गर्ने रत्न मान महर्जनले प्रमाण-पत्र संगै नगद पचास हजार र तेश्रो स्थान प्राप्त गर्ने सुजित मान शाक्यले प्रमाण-पत्र संगै नगद पचीस हजार प्राप्त गरे । त्यस्तै चौथो र पाँचौंले १०/१० हजार प्राप्त गरेका थिए। टाईटल विजेता तथा उप-विजेताहरुको नाम घोषणा भने नेवा: आईडलका प्रमुख निर्णायक चर्चित गायक गोविन्द ह्युमत र सगीत शाक्यले गरेका थिए ।
फिजिकल तथा डिजिटल अडिसनमार्फत सहभागी ५० जनामध्ये विभिन्न चरणबाट छनोट हुँदै आएका ७ जनाबीच फिनालेमा प्रतिस्पर्धा भएको थियो। फिनालेमा सुजितमान शाक्य, हाना महर्जन, रत्नमान महर्जन, अशेष महर्जन, अनिल सयामी, अनिशराज श्रेष्ठ र आश्रय रञ्जित पुगेका थिए ।
आइडलको मुख्य निर्णायकमा गोबिन्द ह्युमत खड्गी र संगिता शाक्य थापा छन्। यसलाई अन्जीता खड्गीले निर्देशन गरेकी थिए । आयोजक फाल्कन इभेन्टका कार्यकारी अध्यक्ष मनोज नेवाः खड्गीका अनुसार ५० प्रतिशत निर्णायकको मतको आधारमा र ५० प्रतिशत दर्शकको भोटिङका आधारमा विजेता भएको जनाएको छ।
नेपाल भाषाको संगीत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिन्छ भन्ने उद्देश्य लिएर आइडल गरिएको आयोजकको भनाइ छ। साथै लुकिरहेका प्रतिभालाई प्रोत्साहन गर्ने, सांगीतिक क्षेत्रमा नेवाः मौलिकता प्रस्तुत गर्ने, गैर नेवाहरूलाई पनि नेवाः संगीत र नेपाल भाषामा आकर्षित गर्ने लगायतका उद्देश्य रहेको आयोजकले जनाएको छ।
नेवाः आइडल पहिलो सिजनको विजेता मन्जिल शाक्य घोषित भएका थिए।
