काठमाडौं । रिपोर्टिङकै क्रममा भिडियो पत्रकारको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा रंगेलीका पत्रकारहरूले दिप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका छन ।
शुक्रबारको राजावादी प्रदर्शनका क्रममा समाचार संकलनका लागि भिडियो खिचिरहेको बेला प्रदर्शनकारीहरूले एभिन्यूज खबरकर्मीको जलाएर हत्या गरेका थिए । रंगेलीको मुख्य चोकमा रहेको काली मंन्दिरको प्राङ्गणमा आईतबार साँझमा एक कार्यक्रमको आयोजना गर्दे मैनवति बालेर शोक सभा गरिएको हो ।
सहभागी पत्रकारहरुले सरकारको कारणले पत्रकारले ज्यान गुमाउनुपरेको भन्दै छानविन र दोषीलाई कारबाही माग समेत गरेका छन ।
