काठमाडौं । नेपाल प्रेसकर्मी उमेश कार्की ‘नेपाल स्काउट पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानित भएका छन् ।
७४औं स्थापना दिवसको अवसर पारेर नेपाल स्काउटले कार्कीसहित कर्मचारी र अन्य पत्रकार गरी ८ जनालाई सम्मान गरेको छ ।
कार्कीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पुरस्कार प्रदान गरे ।
नेपालको स्काउटिङ विकासका लागि स्काउटका गतिविधि आमसञ्चार माध्यमबाट सम्प्रेषण तथा प्रकाशन गरी नेपाल स्काउटको सकारात्मक छवि निर्माणमा पुर्याएको योगदानको मूल्यांकनसहित कार्कीलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको स्काउटले जनाएको छ ।
झापाका कार्की नेपाल प्रेसमा ४ वर्षदेखि फोटो पत्रकारका रूपमा कार्यरत् छन् ।
