गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनेर चिनिने युवार गुरुङ काठमाडौँको ठमेलबाट पक्राउ परेका छन्।
ठमेलस्थित एक दोहोरी साँझमा झगड गरेको आरोपमा बुधबार राती उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ।
गुण्डागर्दीमा संलग्न रहेको आरोपमा गुरुङ यसअघि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन्।
पहिले गुण्डा नाइके भनेर चिनिएका कुमार घैंटेको समूहमा गुरुङ संलग्न थिए।
२०७२ सालमा घैंटे प्रहरी इन्काउन्टरमा परी मारिएपछि केही समय सान्त भएका उनी फेरि सक्रिय हुन थालेको सुरक्षा अधिकारी बताउने गर्छन्।
