बसले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, दुई घाइते

कपिलवस्तुमा बसले अटो रिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शिवराज नगरपालिका–१ स्थित उमरीमा ग १ ख ९० १३ नम्बरको बसले लु १ ह ४१५४ नम्बरको अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु…

मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

झापा, १२ साउन ः मेचीनगर नगरपालिकाका दुई महिलामा जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि…

साउने सोमबार : भारी वर्षामा छाता ओढेर शिवालयहरूमा दर्शनार्थीहरू

आज साउनको दोस्रो सोमबार देशभरिका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ । गए रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको भए पनि शिवालयहरूमा भिड कम भएको छैन । पशुपतिनाथ, भक्तपुरको डोलेश्वर मन्दिर लगायतका शिवालयहरूमा छाता ओढेर नै दर्शनार्थीहरु…

वर्षाका कारण देशभरका यी आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग,…

सुनको भाउ स्थिर हुँदा चाँदीको बढ्यो

सुनको भाउ आज स्थिर रहेको छ । हिजोजस्तै सुन तोलाको एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलाको पाँच रुपैयाँले बढेर तोलाको…

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकी, ११ साउनः गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेङ्गी सङ्क्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा एक सय ६९ जनामा डेङ्गी देखिएकामा असारलाई लागेपछि…

सुनको मूल्य १ हजार १ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।…

नेप्से परिसूचकले काट्यो ३ हजारको विन्दु

काठमाडौं-  नेप्से परिसूचकले ३ हजारको बिन्दु पार गरेको छ। एक वर्षपछि नेप्सेले ३ हजारको विन्दु पार गरेको हो। साताको कारोबारको पहिलो दिन आइतबार बजार खुलेको केही समयमै ‍परिसूचकले ३ हजारको बिन्दु पार गरेको हो। आइतबार बजार खुलेको ६ मिनेटमै नेप्से…

एक महिने गुंलापर्व आजबाट सुरु

काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुंलापर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने…

अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु

झापा, ८ साउनः अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका…