नेपाल संबत नव वर्ष शुभकामना आदान प्रदान र जलपान कार्यक्रम

नेपाल संबत नव वर्ष राष्ट्रिय समारोह समिति ११४६ को निमन्त्रणामा ने.सं. ११४५ कौलागाः एकादसि, शुक्रबार (२०८२ असोज ३१ गते) काठमाण्डौं, नेपाः ब्यांक्वेटमा ने.सं. ११४६ का अवसरमा शुभकामना आदान प्रदान र जलपान कार्यक्रम सम्पन्न भएको छ ।

यस शुभकामना आदान प्रदान कार्यक्रममा सभापतिको आसनबाट समारोह समितिका अध्यक्ष सह प्रा. प्रेमहिरा तुलाधरले आफ्नो मन्तब्य राख्नु हुनाका साथै समारोह समितिका सचिवालय सदस्य सुजीव बज्राचार्यले स्वागत मन्तब्य राख्नु भएको छ । समितिका नानीहिरा प्रजापतिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । “नेपालको राष्ट्रियता र संस्कृतिको भरोसा, नेपाल संबत विश्वमा देशको पहिचान” भन्ने नारा बोकेर यस कार्यक्रम सञ्चालन भएको हो ।

यस कार्यक्रममा राजेन्द्र प्रसाद श्रेष्ठ, भीमसेन दास प्रधान, सुरेश किरण मानन्धर, हितमान शाक्य, दिलिप महर्जन, हरिप्रभा खड्गी श्रेष्ठ, प्रा. चुन्दा बज्राचार्य लगायतका अतिथिहरु मञ्चमा उपस्थित हुनुभएको छ भने कार्यक्रममा नेपालभाषा क्षेत्रका विविध ब्यक्तित्वहरुले भाग लिनु भएको छ । उक्त कार्यक्रममा सह प्रा. प्रेमहिरा तुलाधर समारोह समितिको अध्यक्ष नियुक्त हुनु भएकोमा शुभचिन्तकहरुले खादा लगाई सम्मानपूर्वक शुभकामना अर्पण गर्ने कार्य पनि गर्नुभएको थियो ।