काठमाडौं । काठमाडौंको सुकुम्वासी बस्तीमा सरकारले फेरि एकपटक निर्मम डोजर चलाएको छ।
कपनस्थित साततलेमा रहेको सुकुम्वासी बस्ती हटाउन आज सरकारले १३ वटा डोजरको विशाल फौज पठाएको हो।
पेप्सीकोला, बल्खु, बालाजु र थापाथलीमा डोजर आतङ्क मच्चाएपछि सरकारको यो अभियान आज कपन पुगेको छ।
सयौँ सुरक्षाकर्मीको घेराबीच सुरु भएको यो अपरेशनले स्थानीय बस्तीमा त्रास र आक्रोश पैदा गरेको छ।
दशकौँदेखि बसोबास गर्दै आएका सुकुम्वासीहरूलाई उचित विकल्प नै नदिई राज्यले यसरी डोजर चलाउनुलाई कतिपयले अमानवीय कदमका रूपमा व्याख्या गरेका छन्।
