हाँडीगाउँमा १०८ कुमार–१०८ कुमारी पूजा तथा सम्मान कार्यक्रम हुने

काठमाडौँको हाँडीगाउँमा ‘उर्जाशील सहयोगी हात, हाँडीगाउँ– ५ ’ को आयोजनामा वृहत् १०८ कुमार–१०८ कुमारी पूजा तथा सम्मान कार्यक्रम हुने भएको छ।

आयोजकका अनुसार कार्यक्रमसँगै कुमारी तथा गणेश, भैरव (भेलु) र पूर्व कुमारी गरी ९ जनालाई सम्मान गरिनेछ। कार्यक्रम २०८३ भाद्र २७ गते शनिबार हाँडीगाउँ–५ मा आयोजना हुने जनाइएको छ।

कार्यक्रममा सहभागी हुन दर्ता शुल्क रु. १,१०० तोकिएको छ। कार्यक्रमबारे थप जानकारी तथा दर्ताका लागि अध्यक्ष रमिता बज्राचार्य (९८४१३७७६२०), शर्मिला डंगोल (९८४९९५२९९४) लगायतसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

कार्यक्रमले हाँडीगाउँको धार्मिक, सांस्कृतिक तथा परम्परागत सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।