काठमाडौँमा अनधिकृत बस्ती व्यवस्थापन अभियान तीव्र, प्रभावित परिवारको अस्थायी पुनर्स्थापना सुरु

सरकारले काठमाडौँ उपत्यकामा अव्यवस्थित र जोखिमपूर्ण क्षेत्रमा बसेका बस्तीहरूको व्यवस्थापनलाई तीव्रता दिएको छ । नदी किनार तथा सार्वजनिक–सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका बस्ती हटाउने अभियानअन्तर्गत विभिन्न स्थानमा चरणबद्ध रूपमा काम अघि बढाइएको हो । यस अभियानमा थापाथलीको बस्ती खाली गरिसकिएको…

थापाथलीमा डोजर चल्यो,सुकुम्वासी बस्ती हटाउन शुरु

काठमाडौँ उपत्यकामा बागमती नदी र मनोहरा नदी किनारका बस्ती हटाउने सरकारी अभियान सुरु भएसँगै सयौँ परिवारको दैनिक जीवन अचानक बदलिएको छ। थापाथलीमा बिहानैदेखि डोजर चलेपछि कतिपयले हतारमै आफ्नो सरसामान बोकेर अन्यत्र आश्रय खोजेका छन् भने कतिपय भने खुला आकाशमुनि आफ्ना…

थापाथलीका ‘सुकुम्बासी नेता’ नारायण परियार बैंकिङ कसुरमा पक्राउ, ज्यान मार्ने उद्योगको पुरानो मुद्दा पनि बल्झियो

काठमाडौं: थापाथलीस्थित सुकुम्बासी बस्तीको आडमा बसेर कानुनलाई चुनौती दिँदै आएका ‘सुकुम्बासी मोर्चा’ का कार्यवाहक अध्यक्ष नारायण परियार अन्ततः प्रहरीको फन्दामा परेका छन्। लामो समयदेखि फरार रहेका परियारलाई जिल्ला प्रहरी परिसर काठमाडौँले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार,…

“दमै-दमको सहर: काठमाडौँ अब नम्बर १!

काठमाडौँ उपत्यकाको वायुमण्डल यतिबेला डरलाग्दो गरी प्रदूषित बनेको छ। बिहान १० बजेसम्मको मापनअनुसार उपत्यकाको वायु गुणस्तर सूचक (AQI) २४७ सम्म पुगेको छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छ। दुई सयभन्दा माथिको AQI ले उपत्यकाको हावामा विषालु कणहरूको मात्रा अत्यधिक बढेको…

सुनको मूल्यमा अस्वभाविक गिरावट: कीर्तिमानी उचाइबाट खस्कियो बजार, सर्वसाधारणमा अन्योल

नेपाली बजारमा सुनको मूल्यमा देखिएको अस्वभाविक गिरावटले लगानीकर्ता र उपभोक्ता दुवैलाई तरंगित बनाएको छ। केही दिन अघिसम्म आकाशिएको सुनको भाउ निरन्तर ओरालो लाग्ने क्रम जारी रहँदा सर्वसाधारण आश्चर्यमा परेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु…

सहर सफा गर्ने नाममा बस्तीमा डोजर: सुकुम्बासीलाई ‘बिचल्ली’ बनाउने अधिकार कसले दियो?

काठमाडौँमा फेरि एकपटक डोजरको त्रास फैलिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको कडा निर्देशनपछि थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्तीमा सन्नाटा छाएको छ। सार्वजनिक जग्गाको नाममा प्रशासनले दिएको ‘अल्टिमेटम’ पछि त्यहाँका बासिन्दा बिहानैदेखि आफ्नो घरबार जोगाउन वा हटाउन छटपटाइरहेका छन्। महानगरले…

पत्रकारिताका हस्ती स्व. सुरेश किरण मानन्धरको योगदानलाई ‘स्मृति ग्रन्थ’मार्फत लिपिबद्ध, भाषिक आन्दोलनका योद्धालाई श्रद्धाञ्जली

काठमाडौँ – नेपाली पत्रकारिता र नेपालभाषाको उत्थानमा जीवन समर्पण गर्ने वरिष्ठ पत्रकार एवं भाषा आयोगका सदस्य स्व. सुरेश किरण मानन्धरको योगदान अब इतिहासको पानामा सुरक्षित भएको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले प्रज्ञा भवनमा आयोजना गरेको विशेष कार्यक्रममा ‘सुरेश किरण स्मृति…

एपीएफ र पुलिसको दबदबा, विभागीय टोलीको विजयी सुरुवात

काठमाडौं, १० वैशाख – त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबारदेखि सुरु भएको ‘रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३’ मा विभागीय टोलीहरू नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेका छन्। महिलातर्फको पहिलो खेलमा एपीएफले…

“मंगलबजारमा रातो मच्छिन्द्रनाथको भव्य रथयात्रा: श्रद्धा र आस्थाको उर्लियो सागर”

वर्षा र सहकालका देवताका रूपमा पूजनीय बुंगद्यः अर्थात् रातो मच्छिन्द्रनाथको रथलाई बुधबार मंगलबजार पुर्‍याइएको छ। गाःबहालबाट तानिएको रथलाई स्थानीयवासी र गुठीयारहरूको सक्रियतामा मंगलबजार पुर्‍याइएको हो। जात्राको तालिका अनुसार आज बिहीबार साँझ रथलाई ललितपुरको सुन्धारा (लुँहिति) पुर्‍याइने कार्यक्रम रहेको छ। मंगलबारबाट…

अन्तर्राष्ट्रिय बजारको दबाब: स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा व्यापक गिरावट

नेपाली बजारमा पछिल्लो केही दिनदेखि ओरालो लागेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य एक…