आज गोरखा जाँदै पूर्वराजा शाह, के हो गोरखकाली पूजाको यथार्थता?

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह आज शुक्रबार गोरखा जाँदैछन्।

शाह गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेका हुन्।

उनले भोलि गोरखकाली विशेष पूजा गर्ने तयारी रहेको स्रोतले जनाएको छ। पूजाका लागि प्रोडा. जगमान गुरुङको टोली त्यहाँ पुगिसकेको छ।

के हो गोरखकाली पूजाको यथार्थता?

प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका वरिष्ठ संस्कृतिविद्का अनुसार काली वा देवी पूजाको लागि कृष्णायां चतुर्दश्यां अष्टम्यां वा अर्थात् कृष्णपक्षको चतुर्दशी र अष्टमीतिथी शुभ फल दायक हुन्छ।

उनका अनुसार यदि, बृहस्पति र शुक्र अस्त भएको बेलामा दशैँ, तिहार र अरु चाडबाडहरु मान्ने कि नमान्ने ? यो यक्ष प्रश्न छ।

‘बृहस्पति र शुक्र अस्तले चाडपर्व छेकिँदैन। शुक्लपक्ष र कृष्णपक्षको अष्टमीमा गोरखकालीको पूजा गरिन्छ। नेपाल पञ्चाङ्ग निर्माण विकाश समितिबाट निर्णित पात्रोहरुमा २०८१ चैत ९ गते, शनिवार।चैत्रकृष्णअष्टमीका दिन स्पष्टरूपमा गोरखकालीपूजा लेखिएको छ।ज्योतिषाचार्य,धर्मशास्त्राचार्य र संस्कृतिविदहरुको बृहद् बैठकबाट पञ्चाङ्ग र चाड पर्वको निर्णय गरिन्छ।अर्को कुरा गोरखा दरबार भनेको श्री ५ हरुको आफ्नो घर, आफ्नो दरबार हो,’सामाजिक सञ्जालमा उनी लेख्छन्। ,’ त्यसकारण श्री ५ ज्ञानेन्द्रले जुन सुकै अवस्था र बेलामा पनि गोरखा दरबार प्रवेश गरिबक्सेर आफ्ना कुलदेवी गोरखकालीको दर्शन,पूजन गर्न सकिबक्सन्छ। यसमा पनि २०८१ चैत ९ गते, शनिवार। चैत्रकृष्णअष्टमी गोरखकालीपूजाको पर्व हो। अत: २०८१ चैत ९ गते, शनिवार।चैत्रकृष्णअष्टमीका दिन श्री ५ ज्ञानेन्द्र सरकारवाट गरिबक्सने गोरखकालीपूजालाई शुक्र अस्तको दोष लाग्दैन।बौद्धतन्त्र अनुसार गरिने वज्रभैरवको पूजा त अझ संपूर्ण ग्रह गतिको अशुभ फल र दोष मेटाउने पूजा हो।त्यसकारण यस सन्दर्भमा Worry नहोउँ है त।’

प्रोडा. गुरुङ यसअघि पूर्वराजा शाहको पोखरा भ्रमणका क्रममा पनि सहभागी थिए। पूजाआजाको प्रवन्ध गर्ने मुख्य व्यक्ति उनै हुन्।