आनन्द भूवन विहारमा कथिन उत्सव कार्यक्रम

महान कथिन चीवरदान उत्सव गतः कौलाथ्वः पूर्णिमा, मंगलबार (असोज २१ गते)देखि सुरु भएको छ । यस प्रकार विभिन्न विहार र विहार वरिपरि गरिने कथिन चीवर दान कार्यक्रमको क्रममा स्वयम्भू भुइखेल नजिकैको आनन्द भूवन विहारमा दैनिक चीवर दान र अष्ट परिष्कार दान गर्ने कार्य गरिएको छ ।

यस विहारका श्रद्धेय भिक्षु शान्त सिद्धार्थ र भिक्षु शान्त शोभनबाट तीन महिनाभर विनयपूर्वक बर्षाबासमा रहनुभई सम्पन्न गर्नुभएको अवसरमा यस प्रकारको चीवर दान कार्यक्रमको आयोजना गरिएको हो । यस कथिन उत्सव कार्यक्रमको क्रममा ज्ञानमाला भजन, शील प्रार्थना, धर्म देशना र कथिन चीवर दान, अष्ट परिष्कार दान गरिएको छ । यस विहारमा श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरबाट धर्म देशना गर्नुभएको छ ।

वहाँले आफ्नो धर्म देशनाको क्रममा उक्त समयमा भगवान बुद्धले भिक्षुहरु वर्षावासमा रहने विषयमा नियम बनाउनु भएको कुरादेखि लिएर बर्तमान समयमा वर्षाबास र कथिन चीवर दानको विषयलाई समेटनु भई धर्मदेशना गर्नुभएको हो । कार्यक्रममा भिक्षु महासंघलाई चीवर दान दाताहरु देवेन्द्र मान शाक्य, रमा शाक्य, पूर्ण शाक्य, शान्ति शाक्य लयायतले गर्नुभएको हो । यसरी नै भिक्षु, गुरुमांहरुलाई उपासक उपासिकाहरुले दान प्रदान गर्ने कार्य पनि गर्नुभएका छन् । यस कार्यक्रममा धेरै उपासक उपासिकाहरु सहभागी भएर धर्म देशना श्रवण गर्ने र दान प्रदान गर्ने कार्य गर्नुभएका छन् ।