Blog

आइतबार सुनको भाउ एकैदिन तोलामा चार हजार

काठमाण्डौ- कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा तीन लाख एक…

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

आज विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदैछ । २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसंघको साधारणसभाले ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवका रूपमा मनाउने निर्णय गरेको हो । आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने…

दुबईबाट नेपाल आयो ‘जमजम पर्फ्युम्स’, सुगन्धको बजारमा नयाँ ब्रान्डको प्रवेश

काठमाडौं । पछिल्लो समय नेपालमा अरबियन तथा मिडल इस्टर्न फ्रेग्रेन्सप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला दुबईबाट चर्चामा आएको ‘जमजम पर्फ्युम्स’ नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ । जमजम पर्फ्युम्सले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आफ्नो पहिलो आधिकारिक आउटलेट सञ्चालनमा ल्याउने तयारी…

शिकागोमा नेपाली अनुहार समेटिएको भित्तेचित्र

अमेरिकाको शिकागोका चर्चित कलाकार जेफ जिम्मरम्यानले तयार पार्नुभएको भित्तेचित्रमा साहित्यकार तथा शिकागोका नेवाः अभियन्ता केशरमान ताम्राकारको चित्र पनि समेटिएको छ। कलाकार जेफ जिम्मरम्यानले केशरमान ताम्राकारसहित शिकागोमा बसोबास गर्ने नेपाली समुदायका विभिन्न व्यक्तिहरूको अनुहारलाई भित्तेचित्रमा प्रस्तुत गर्नुभएको हो। नेपाली समुदायका व्यक्तित्व…

बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान

चितवन– डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ । मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था…

हतियारको अभाव नरहेको ट्रम्पको दाबी, सूचना चुहाउनेलाई जेल सजायको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार तथा गोलाबारुदको अभाव भइरहेको भन्ने समाचारको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै सैन्य सूचना चुहाएको आशङ्का गरिएका व्यक्तिहरूलाई खोजेर कडा कारबाही र लामो समयको जेल सजाय दिलाउने चेतावनी दिएका छन्। बिहीबार बिहान…

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आराेही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि

काठमाण्डाै – पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा ज्यान गुमाएका गोरखाको लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को आज अन्त्येष्टि भएको छ । उहाँको शवयात्रासहित काठमाण्डौको स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि भएको हो । गएको बिहीवार ब्रोड पिकको हिमपहिरोमा गुरुङ र निर्मल…

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ९००ले वृद्धि भई दुई लाख ९६ हजार ९०० कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला…

कोशी प्रदेश सरकारका कांग्रेस मन्त्रीहरू सामूहिक राजीनामाको तयारीमा

विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने अन्तिम तयारी गरेका छन्। केन्द्रीय स्तरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबिच सत्ता गठबन्धनका सम्बन्धमा नयाँ समझदारी बनेपछि कांग्रेसबाट मन्त्रिमण्डलमा सहभागी सदस्यहरू सरकारबाट बाहिरिन लागेका हुन्। राजीनामाको औपचारिक…

साउन २६ देखि काठमाडौँमा गाडी र मोटरसाइकलको महाकुम्भ: कुन ब्रान्डले के गर्दैछन् धमाका ?

काठमाडौँ। नेपालको अटोमोबाइल तथा गतिशीलता (मोबिलिटी) क्षेत्रको विकास, प्रवर्द्धन र नीतिगत पैरवीका लागि स्थापित नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने…