काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि ‘जीवित देवता’का रूपमा पुजिने नवदुर्गा–देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) सुरु भएको छ। परापूर्वकालदेखि मनाइँदै आएको यो जात्रामा धुलिखेलको मुख्य बजारमा माछा मार्ने जात्रा सकिएलगत्तै नवदुर्गा देवगण श्रीखण्डपुर र चौकोट जाने कार्यक्रम हुन्छ। धुलिखेलका स्थानीय नयाँ घर…
