भूकम्पले उत्तर–पश्चिम चीनमा एक सयभन्दा धेरैको मृत्यु

सोमबार राति गएको भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा सयभन्दा धेरैको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जनाएका छन्। नजिकका…

डब्ल्यूएनओले मनायो गद्यगुरू पं निष्ठानन्द बज्राचार्यको १६७ जन्मजयन्ति

विश्वभर रहेका नेवार समुदायलाई  एकत्रित गर्ने उद्धेश्यले स्थापना भएको  वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले नेपालभाषाका गद्यगुरू पं निष्ठानन्द बज्राचार्यको १६७ जन्मजयन्तिको अवसरमा विचारगोष्ठी कार्यक्रम आयोजना गरेको छ।  डब्ल्यूएनओका केन्द्रीय अध्यक्ष संयुक्त श्रेष्ठले पं निष्ठानन्दको तस्विरमा कम्प्यूटर प्रोग्रामको माध्यमबाट पानसमा दीपप्रज्वलन…

त्रिविले बनायो विश्व कीर्तिमान

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो । यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए ।…

राष्ट्रियसभा निर्वाचनका लागि १२ दललाई चिह्न प्रदान

काठमाडौं – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले १२ वटा राजनीतिक दललाई दर्ता गरी तिनलाई निर्वाचन चिह्न प्रदान गरेको छ । नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम ती दल दर्ता भएका हुन्…

त्रिविकाे ४९औँ दीक्षान्त समारोह हुँदै

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनुहुनेछ। समारोह बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । विद्यार्थीका लागि बिहान १० बजेदेखि नै समारोहस्थल खुल्ला…

कुवेतका अमिरको निधनमा राष्ट्रिय झन्डा आधा झुकाएर आज शोक मनाइने

काठमाडौँ । नेपाल सरकारले सोमबार एक दिने शोक मनाउने भएको छ । कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो । आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्‌को निर्णयमा कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने…

विवाह पञ्चमी पर्व विधिपूर्वक मनाइयो

काठमाण्डाै – भगवान् रामचन्द्र र सीताको पूजाआराधनासहित विवाह गरिदिएर विवाह पञ्चमी पर्व मनाइएको छ । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व हिजो राम सीताको पूजा आराधना गरी मनाइएको हो । पर्वको अवसरमा मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा…

आज यी ठाउँमा चार घण्टा बिजुली नआउने

काठमाण्डाै – आज शनिवार काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने भएको छ । टेकुमा रहेको सबस्टेशनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाण्डौका विभिन्न ठाउँमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।…

पेट्राेल, डिजेलकाे भाउ लिटरमा ३ रुपैयाँले घट्याे

काठमाण्डाै – नेपाल आयल निगमले घटाएको पेट्रोलियम पदार्थको मूल्य गएरातीदेखि लागू भएको छ । निगमले हिजो बेलुका राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले घटाएको छ…

सरकारले तोक्यो हड्ताल गर्न नपाइने २५ क्षेत्र

काठमाण्डाै – सरकारको निर्णयअनुसार अब विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने भएको छ । अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने सूचना प्रकाशित गरिएको हो । हडताल गर्न नपाइने आवश्यक सेवामा डाँक,…