‘एक्स रे’ मेशिन बिग्रिएपछि आज हुने भयो एभिन्यूजकर्मी रजकको पोस्टमार्टम र एक्स रे

राजधानीको तीनकुनेमा जिउँदै जलाएर हत्या गरिएका एभिन्यूजकर्मी सुरेश रजकको शव पोस्टमार्टम आज हुने भएको छ। चिकित्सकहरूले पहिला एक्स रे गर्नुपर्ने अडान लिएपछि पोस्टमार्टम आज हुन लागेको हो ।

फरेन्सिक विभागका चिकित्सकहरूले एक्स रे मेशिन बिग्रिएका कारण बुधबार मात्रै पोस्टमार्टम गर्ने बताएका छन् । तीनकुनेमा जिउँदै जलाएर हत्या गरिएका रजकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार पत्र पठाएको थियो ।

यसअघि प्रहरीले भने गोली लागेको भनी चलाइएको हल्लाको प्रेस विज्ञप्ती मार्फत खण्डन गरेको थियो । ३३ वर्षीय रजकको शरीर ७० प्रतिशत भाग जलेको छ । रजकको परिवारका अनुसार चिकित्सकले बुधबार एक्स रे पोष्टमार्टम दुवै एकै चोटी हुने भनेका छन् ।