काठमाडौं- सम्पूर्ण खोला मापदण्ड खारेजजीको माग गर्दै भूमि अधिकार संरक्षण समिति र धोबिखोल करिडोर प्रभावित मूल समितिले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । हिजो पनि सोहि मागसहित न्यूरोडस्थित जुद्ध सालिकमा प्रदर्शन र धर्ना भएको थियो ।
आज माइतीघर मण्डलामा भूमि अधिकार संरक्षण समिति र धोबिखोल करिडोर प्रभावित मूल समितिको आह्वानमा उपस्थित भइ बिरोध प्रदर्श गरिएको हो । ‘सम्पूर्ण खोला मापण्ड खारेज गर, हाम्रो भूमि लुट्न बन्द गर, जनताको पीडामा सरोकार नराख्ने सरकार चाहिँदैन, निजी घर जग्गामाथिको हस्तक्षेप बन्द गर’ जस्ता नारा लेखिएको प्ला कार्डसहित प्रदर्शन भएको हो।
काठमाडौं उपत्यकाका नदी तथा खोलाबाट दायाँबायाँ २० मिटर नयाँ संरचना बनाउन नपाइने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न भन्दै काठमाडौं महानगरले सूचना निकालेको थियो।
विरोध कार्यक्रममा बोल्दै धोबिखोला करिडोर प्रभावित मुल समितिका अध्यक्ष ऋषिराम बस्यालले नदी किनारको २० मिटर क्षेत्र छोड्नुपर्ने फैसला सर्वोच्च अदालतले मनगढन्ते रुपमा गरेको आरोप लगाए ।
उनले यो समस्या काठमाडौं उपत्यकामा मात्रै देखिए पनि नेपालभर लागू भए करोडौं जनता विस्थापित हुने बताए । मापदण्डको नाममा सरकारले आतंक मच्चाएको आरोप लगाए ।
