न्यायाधीश थारुलाई मोसो दल्ने तीन जना पक्राउ

काठमाडौँ– मान्छेलाई जिउँदै इट्टा भट्टामा जलाएर हत्या गरेको आरोप लागेका आफ्तफ अलालमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश खुसीप्रसाद थारुलाईतीन जना पक्राउ परेका छन्।

जेठ १४ गते न्यायाधीश थारु र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो।

रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा उनलाई दोषी ठहर गरेको थियो। त्यसलाई उट्याउँदै थारु र महर्जनको इजलासले सफाइ दिएपछि जनमानसमा असन्तुष्टि पैदा भएको थियो।

संविधान सभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो। विष्फोटमा परी घाइते भएकालाई इट्टा भट्टामा लगेर जलाइएको दाबी गरिएको छ।