नेपालभाषाका अभियन्ता सुरेशकिरण मानन्धरलाई वर्ल्ड नेवा अर्गनाइजेशन बाट श्रद्धाञ्जली

वर्ल्ड नेवा अर्गनाइजेशनको (WDB) मार्फत भाषा आयोगका सदस्य तथा वरिष्ठ साहित्यकार सुरेशकिरण मानन्धरको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा विभिन्न नेपालभाषाका वरिष्ठ व्यक्तिहरूले जुममार्फत सहभागी भई श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्ष सिजन श्रेष्ठ तथा सुरेशकिरण मानन्धरसँग लामो समयदेखि सहकार्य गर्दै आएका सहकर्मी पत्रकारहरूको पनि उपस्थिति रहेको थियो।

नेपालभाषाका सेवामा समर्पित उहाँको योगदानबारे वर्ल्ड नेवा अर्गनाइजेशनका अध्यक्ष मनोहर श्रेष्ठ, नेवा नेता मल्ल के. सुन्दर र सुजीव बज्राचार्यले पनि मानन्धरको चर्चा गरेका थिए ।

नेवा अर्गनाइजेशनद्वारा नियमित रूपमा सञ्चालन हुँदै आएको कार्यक्रम हो, जसले नेपालभाषा, नेवा संस्कृति तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको अनुभव र योगदानलाई डिजिटल माध्यममार्फत विश्वभर फैलाउने काम गरिरहेको छ।