‘ब्रोड पिक’ मा ज्यान गुमाएका आराेही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि

काठमाण्डाै – पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा ज्यान गुमाएका गोरखाको लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को आज अन्त्येष्टि भएको छ । उहाँको शवयात्रासहित काठमाण्डौको स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि भएको हो ।

गएको बिहीवार ब्रोड पिकको हिमपहिरोमा गुरुङ र निर्मल पुर्जासहित १० जनाको निधन भएको थियो । ज्यान गुमाउनेमा ६ जना नेपाली थिए । तीमध्ये गुरुङको शव हिजो मात्रै नेपाल आइपुगेकाे थियो ।

गुरुङको अन्त्येष्टिअघि गृहमन्त्री सुधन गुरुङ, सासंद एवम् पूर्वउपसभामुख  इन्दिरा रानामगर, नेपाल पर्वतारोहण सङ्घका पदाधिकारीलगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

गृहमन्त्री गुरुङले पुरबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको छ ।