अमेरिकाको शिकागोका चर्चित कलाकार जेफ जिम्मरम्यानले तयार पार्नुभएको भित्तेचित्रमा साहित्यकार तथा शिकागोका नेवाः अभियन्ता केशरमान ताम्राकारको चित्र पनि समेटिएको छ। कलाकार जेफ जिम्मरम्यानले केशरमान ताम्राकारसहित शिकागोमा बसोबास गर्ने नेपाली समुदायका विभिन्न व्यक्तिहरूको अनुहारलाई भित्तेचित्रमा प्रस्तुत गर्नुभएको हो।
नेपाली समुदायका व्यक्तित्व र पहिचानलाई आफ्नो कलामार्फत सम्मानपूर्वक प्रस्तुत गर्दै उहाँले नेपाली समुदायप्रति सम्मान र आत्मीयता प्रकट गर्नुभएको छ। शिकागोको सार्वजनिक कलामा नेपाली समुदायका अनुहार र पहिचान समेटिनु नेपाली कला, संस्कृति र समुदायका लागि गौरवको विषय बनेको छ।
