२४ वर्षपछि पचली भैरवको खड्गसिद्धी नाच पाटनमा प्रदर्शन हुँदै

ललितपुर – ललितपुरको पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धी नाच प्रदर्शन हुँदैछ । आज बेलुकी ५ बजेपछि पाटनढोकामा रहेको गणेश मन्दिरमा तान्त्रिक साधना सहित विशेष पुजा गरेर देवगणले मुकुट, पोशाक लगाएर नागबहाल, मंगलबजार हुँदै हखाको कोटपाटीमा तान्त्रिक नाच देखाइनेछ ।…

नेवा: नख: न्यूयोर्कको पाँचौ साधारण सभा सम्पन्न, अध्यक्षमा डा. नरेश मान शाक्य निर्विरोध निर्वाचित

नेवा: नख: न्यूयोर्कको पाँचौ साधारण सभाले डा. नरेश मान शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति  चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा डा. नरेश मान शाक्य, प्रथम उपाध्यक्षमा श्रुति अमात्य, द्वितीय उपाध्यक्षमा महेन्द्र कुमार बज्राचार्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा अनित श्रेष्ठ, कोषाध्यक्षमा…

सजिलमान शाक्यलाई न्याय दिलाउन ललितपुरमा प्रदर्शन

ललितपुर – ललितपुर पुल्चोकको स्क्वायर होटलको स्विमिङ पुलमा करेन्ट लागेर गंभीर घाइते भएका सजिलमान शाक्यलाई न्याय दिलाउन ललितपुरमा मंगलबार प्रदर्शन गरिएको छ। गएको  भाद्र १५ गते होटलको स्विमिङ पुलमा करेन्ट लागेर घाइते भएका ४१ वर्षका हस्तकला ब्यवसायी शाक्य ६ महिनादेखि…

बेलायतका राजा चार्ल्सलाई क्यान्सर

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । प्रोस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि क्यान्सरको प्रकार खुलाइएको छैन । उहाँको नियमित उपचार शुरु भएको बीबीसीले जनाएको छ । ७५ वर्षका राजा चार्ल्स…

कसाः तःधं गुथि, महिला समूहको स्थापना दिवस मनाइयो

कसाः तःधं गुथि, महिला समूहले नवौं स्थापना दिवस मनाएको छ। स्थापना दिवसलाई सामाजिक सेवा दिवसको रुपमा काठमाण्डौं ग्वंगःबुँ स्थित हिमालन वृद्धाश्रम केन्द्रमा बुधबार गएर मनाएको हो । कार्यक्रममा कसाः महिला समूह र कसाः तःधं गुथिका पदाधिकारी, मूल सदस्य, सल्लाहकारसहित कसाः…

विरज महर्जनको नेपाली र नेपालभाषा गीत सार्वजनिक

उदीयमान गायक विरज महर्जनको स्वरमा नेपाली र नेपालभाषाका गीतहरूको म्यूजिक भिडियो सार्वजनिक भएका छन्। अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका ललितपुर थेचोका महर्जन नेपाल आएको समयमा रेकर्ड गरेका २ वटा गीतहरू ‘नक्कलिम्ह मय्‌जु’ र ‘तिमी आउने बाटो भरी’ को म्यूजिक भिडियो सिटिसि…

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि

काठमाण्डाै – सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । यो अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिइन्छ । वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन शुरु हुन लागेको हो । अधिवेशनबाट सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा…

जनगायक भृगुराम श्रेष्ठ र सदाबहार गायक योगेश वैद्यको सम्झनामा श्रद्धाञ्जली सभा

जनगायक भृगुराम श्रेष्ठ र सदाबहार गायक योगेश वैद्यको सम्झनामा उहाँहरुको योगदानलाई कदर गर्दै संयुक्त शोकसभा आयोजना गरिएको छ। नेपालभाषा एकेडेमी, नेवाः देय् दबू, नेपालभाषा मंकाः खलः र नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समितिको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको नेपाः ब्यांक्वेटमा भएको…

पचली भैरवको खड्गसिद्धी नाच काष्ठमण्डप क्षेत्रमा प्रदर्शन गरिंदै

काठमाडौं – काठमाडौंको पचली भैरवको खड्गसिद्धी नाच आजदेखि काष्ठमण्डप क्षेत्रमा प्रदर्शन गरिंदैछ । बेलुकीदेखि काष्ठमण्डप क्षेत्रमा सुरु हुने तान्त्रिक नाच भोलि दिनभर चल्नेछ । नाचका गुरू भरत मालीका अनुसार तान्त्रिक हिसाबले गुरुहरुले बाजा बजाउँछन् त्यही अनुसार देवगणहरु नाच्ने गर्छन् ।…

मंगलबजारमा खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच प्रदर्शन

ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच पाटनको मंगलबजार शुरु भएको छ । १२ वर्षे नाच उपत्यकाका विभिन्न क्षेत्रमा देखाउनुपर्ने परम्परा अनुसार पाटनको मंगलबजारमा रहेको भीमसेन मन्दिर अगाडिको डबलीमा हिजोदेखि नाचको प्रदर्शन सुरु भएको हो । हिजो बेलुकी…