तिहारमा नबिकेका फूलबाट आयुर्वेदिक औषधि बनाइने

काठमाण्डाै – तिहारमा नबिकेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधि बनाउन दिएका छन् ।  कालीमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवर्द्धक आदिमा उपयोगी हुने चूर्णमा प्रयोग…

कार्तिक नाच आजदेखि

ललितपुर – ३८२ वर्ष देखि निरन्तर रुपमा संचालन भइरहेको ललितपुरको ऐतिहासिक कार्तिक नाच आजदेखि संचालन हुँदैछ। आज बाथ नाचअन्तर्गत माकसि बेच्ने नाच देखाएर कार्तिक नाच शुरु हुनेछ। यसवर्ष नाच १० दिन संचालन गरिने कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।…

छठ पर्व: आज खरना

काठमाडौं – छठ पर्वको आज दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् ।                    चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी…

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरकाे निधन

काठमाण्डाै – वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । ललितपुरको बल्खुमा रहेको बयोधा अस्पतालमा उपचारका क्रममा हिजो मङ्गलवार मानन्धरको निधन भएको हो। स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै…

बालगोपालेश्वर मन्दिर आज खुला

काठमाण्डौ – काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुला गरेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन…

आज भाइटिका

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले…

नेपाल संवत् ११४४ शुरु, आजदेखि सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गरिने

काठमाण्डाै – आजदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन…

आज गाेवर्द्धन पूजा, नेवार समुदायको म्हपूजा

काठमाण्डाै –   तिहार अन्तर्गत आज गाेवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गाेवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गाेवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट…

भक्तपुरका सयपत्री र मखमली फूल युरोप, अमेरिकासम्म

भक्तपुर – बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरका आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले…

तिहारको तेस्रो दिन: गाईपूजा, नेवार समुदायमा कसैको लक्ष्मी पुजा, कसैको म्हपुजा

काठमाण्डाै – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।…