काठमाडौँ— नेपाली बजारमा सुनको मूल्यमा केही राहत महसुस गरिएको छ भने चाँदीले नयाँ उचाइ चुम्ने सङ्केत देखाएको छ। गत शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले सस्तिएको छ। सुनको भाउ ओरालो लाग्दा उपभोक्तालाई केही राहत मिले पनि…
थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर संरचना भत्काएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। लामो समयदेखि नदी किनार ओगटेर बसेका बस्तीहरू हटाउने काठमाडौँ महानगरपालिका र संघीय सरकारको संयुक्त प्रयासपछि विस्थापित भएका परिवारको अवस्था बुझ्न…
काठमाडौं — बुढानीलकण्ठ नगरपालिकाले नेवाः समुदायका वरिष्ठ पत्रकार तथा साहित्यकार मल्ल के. सुन्दरलाई बुढानीलकण्ठ नगरपालिका सांस्कृतिक प्रतिष्ठानको कुलपति/अध्यक्ष पदमा मनोनयन गरेको छ। नगरपालिकाद्वारा जारी जानकारी अनुसार, बुढानीलकण्ठ नगरपालिका सांस्कृतिक प्रतिष्ठान ऐन, २०८० को दफा १२ को उपदफा (१) बमोजिम सिफारिस…
काठमाडौं — नेपाल संवत् ११४६ वछलाथ्वःको अवसर पारेर अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजित कार्यक्रममा वर्ल्ड नेवा:अर्गनाइजेसन युएसएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। गत अप्रिल २५ (शनिबार) सम्पन्न प्रथम नेवा सम्मेलनको अवसरमा आयोजित उक्त कार्यक्रममा बासव राजोपाध्यायको अध्यक्षतामा ११…
काठमाडौँको मुटु मानिने माइतीघर मण्डला बुधबार फेरि एकपटक राज्यको गलत प्रवृत्तिको साक्षी बनेको छ। कला, साहित्य र चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरू सडकमा उत्रिएर अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको चरम हस्तक्षेपको कडा प्रतिवाद गरेका छन्। केही समययता सिर्जनात्मक स्वतन्त्रतामाथि लगाइने अंकुश र कलाकारहरूलाई…