वार्तामा नआए अर्को हप्तादेखि इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने धम्की दिएका छन् । दुई देशबीच लगातार चौथो दिन पनि दुईतर्फी हमला भइरहेका बेला ‘फक्स न्युज’सँगको अन्तर्वार्तामा ट्रम्पको यस्तो भनाइ आएको हो…

रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास

जनकपुरधाम- रौतहटमा एक युवकले आत्मदाहको प्रयास गरेको छ । मंगलबार राति गरुडा नगरपालिका- ९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार घटनापछि…

सुनचाँदीको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ – सुनचाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १ हजार २०० रुपैयाँले घटेर तोलाको…

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं । स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। विश्वकपको सेमिफाइनलमा स्पेनलाई जित दिलाउन मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक–एक गोल गरे। खेलको २२औँ मिनेटमा ओयार्जाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसपछि…

अब सिलिन्डर भरी ग्यास किन्न पाइने , पुराना सिलिन्डर देखाएर ठगीको जोखिम

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आपूर्तिमा देखिएको असहजताका कारण विगत केही समयदेखि आधा सिलिन्डर (७.१ केजी) मात्रै ग्यास किन्न बाध्य उपभोक्ताका लागि नेपाल आयल निगमले बुधबार (असार ३१) देखि लागू हुने गरी पूर्ण क्षमताकै भरी सिलिन्डर (१४.२ केजी) वितरण…

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, पहिरो हटाएपछि यातायात सहज

विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ। सडकखण्डको तुइनखोला, केराबारी र जलबीरे क्षेत्रमा खसेको पहिरो डोजर तथा अन्य उपकरणको सहायताले हटाइएपछि मंगलबार बिहानदेखि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार…

आज पनि भारी वर्षाको सम्भावना,बाढी–पहिरोको जोखिम बढ्दै

काठमाडौं, मनसुनी प्रणाली सक्रिय रहेकाले देशका अधिकांश क्षेत्रमा आगामी २४ घण्टासम्म वर्षाको सम्भावना रहेको छ। मौसमविद्हरूले केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने जनाउँदै बाढी, पहिरो र डुबानको जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। मौसमका कारण विशेषगरी…

इरानको एयरपोर्टसहित १ सय ४ स्थानमा अमेरिकाले गर्‍यो आक्रमण

अमेरिकाले पछिल्लो २४ घन्टामा इरानको एयरपोर्टसहित १ सय ४ स्थानमा आक्रमण गरेको छ। अमेरिकी सेनालेलगातार दोस्रो रात पनि इरानका दर्जनौँ सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकाले इरानी एयरपोर्टमा गरेको आक्रमणपछि एउटाभवनमा पूर्ण रुपमा आगलागी भएको भिडियोहरू सामाजिक सञ्जालमा…

सातै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक…

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

मान्म (कालीकोट) – कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरुद्ध भएको छ। आज बिहानदेखि गगने खोलामा लेदोसहितको पहिरो आएकाले पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले सडक डिभिजन कार्यालयको सहयोगमा एक्साभेटर…